शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरमा पानी जहाज ! तस्बिरहरु हेर्नुहोस्

बिहीबार, २६ जेठ २०७९, १३ : २१
बिहीबार, २६ जेठ २०७९

बिहीबार ललितपुरको सानेपास्थित कालोपुल मुनि जमेको पानीमा मालबाहक गाडी फस्यो । पुलमुनि जमेको पानी पार गरेर अघि बढ्न खोज्दा उक्त गाडी एक्कासि फसेको हो । फसेको गाडीलाई निकाल्न निकै हम्मे–हम्मे पर्यो ।

प्रहरीको सहयोगमा करिब ९० मिनेटपछि क्रेनको सहायतामा फसेको उक्त गाडी निकालिएको छ । गाडी फसेको दृष्यलाई सर्वसाधारणले सामाजिक सञ्जालमा नेपालको ‘पानी जहाज’ भन्दै व्यङ्ग्य समेत गर्न भ्याए । वर्षा लागेसँगै उपत्यकामा गाडी फसेका  यस्ता दृष्य देखिने गर्छन् । राम्रोसँग नबनाइएको सडक, अव्यवस्थित ढल निकास, बढ्दो सवारी चापका कारण उपत्यकामा यो खालका समस्या दिनानुदिन बढ्दै गएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप