आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रोकिएन पृथ्वी राजमार्गमा झरेको पहिरो, अझै खुलेन सडक

बिहीबार, २६ जेठ २०७९, १३ : ०२
बिहीबार, २६ जेठ २०७९

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ । 

दुईवटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोको कारण  सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् । 

पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खुलाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक हिजो राति ११ बजेदेखि अवरुद्ध रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप