शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा कारको ठक्करबाट युवतीको मृत्यु, कार चालक फरार

बिहीबार, २६ जेठ २०७९, १२ : ५१
बिहीबार, २६ जेठ २०७९

बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन् । गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगन्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

बा ४ च १९७५ नम्बरको कारले आज बिहान ५ बजे उनलाई पैदल हिँडिरहेको बेलामा ठक्कर दिएको थियो । 

दुर्घटना लगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप