फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल
बिहीबार, २६ जेठ २०७९, १२ : ४९
एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए ।
काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ ।
‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ,’ रावलको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु