बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिहीबार, २६ जेठ २०७९, १२ : ४५
बिहीबार, २६ जेठ २०७९

धादिङको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । धुनिवेंशी नगरपालिका–६ स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका–५ स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ५१७३ नं को ट्रकको ठक्करबाट सख्त घाइते विकको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप