कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुल तयार
![कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुल तयार](https://rpcdn.ratopati.com/media/albums/karnali-pool_pVO3G3Gskw.jpg)
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्ने गरी निर्माण थालिएको सडक पुलको काम अन्तिम चरणमा पुगेको हो ।
निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि सवारीसाधन भने उक्त पुलमा सञ्चालन गर्न सकिने निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले बताएको छ । ५५० मिटर लामो उक्त पुलको निर्माण कार्य दशैंसम्म पूरा हुने कन्स्ट्रक्सनले बताएको छ । अनक कन्स्ट्रक्सनले नै बनाइरहेको पञ्चपुरी नगरपालिका र मोहन्याल गाउँपालिका जोड्ने कुहिने पुल पनि केही समयमा सञ्चालनमा आउने तयारीमा छ। कुहिने पुल कर्णाली र सुदूरपश्चिम जोड्ने तेस्रो पुल हो । यो पुलको ९५ प्रतिशत काम सकिएको छ ।
केही वर्ष अघिदेखि दैलेख-अछाम जोड्ने पक्की पुल सञ्चालनमा छ। दैलेखको आठबिस नगरपालिका र अछामको विनायक नगरपालिकालाई जोड्ने गरी मध्यपहाडी राजमार्गमा पक्की पुल बनेको थियो ।
उक्त पुल कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने पहिलो सडक पुल हो । यसअघि कर्णाली चिसापानीमा रहेको कर्णाली पुलले मात्रै सुदूरपश्चिमलाई सडकमार्फत बाँकी नेपालसँग जोड्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः वामदेव गौतम
-
‘मिस्टर नेवाः’ आयोजना हुने
-
एमाले बैठकमा सुनाइयो लभ स्टोरी, मन्त्री फिर्ता नबोलाउनुको यस्तो छ कारण
-
विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री
-
नेप्से सूचकमा सामान्य वृद्धि, कारोबार ५ अर्ब नाघ्यो
-
‘हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ’