मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण
बिहीबार, २६ जेठ २०७९, १२ : १८
प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घट्ने बताए । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे ।
सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख