आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्रथुममा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

बिहीबार, २६ जेठ २०७९, ११ : ५३
बिहीबार, २६ जेठ २०७९

तेह्रथुममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश १–०२–००३त ४९८ नंको ट्रयाक्टर गए राति आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरी दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्रयाक्टर चालक फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रविन खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप