आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना : पेन्टागन

बिहीबार, २६ जेठ २०७९, ११ : ४७
बिहीबार, २६ जेठ २०७९

भि–२२ ओस्प्रे (सैनिक) विमान दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् । बुधबार भएको उक्त विमान दुर्घटनामा कुनै आणविक सामग्री भने नभएको बताइएको छ । प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन ।  यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर्प्स विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्।

‘म ग्लेमिस क्यालिफोर्नियामा भि–२२ ओस्प्रे दुर्घटना भएको पुष्टि गर्न सक्छु । विमानमा कुनै आणविक सामग्री भने थिएन। हामीसँग कुनै थप जानकारी छैन’ प्रवक्ताले सो कुरा बताएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

क्यालिफोर्नियाको स्यान डिएगोबाट बाहिर रहेको तेस्रो मरिन एयरक्राफ्ट विङको एउटा विमान मेक्सिकोको सीमाबाट करिब ३० माइल उत्तरमा राजमार्ग ७८ र ग्लामिस शहर नजिकै दुर्घटनाग्रस्त भएको, नौसेना वायु सेवा सुविधा एल सेन्ट्रोले समेत आफ्नो फेसबुक पेजमा पुष्टि गरेको स्पुतनिकले जनाएको छ । 

घटनास्थलबाट प्रतिक्रियाकर्ताको रेडियो कलले  सो विमानमा आणविक सामग्री भएको सङ्केत गरेको थियो तर मरिन कोर्प्सले पछि प्रतिक्रिया दिदै सो अनुमानलाई खारेज गरेको विज्ञप्तिमा जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप