शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज

बिहीबार, २६ जेठ २०७९, ११ : ४४
बिहीबार, २६ जेठ २०७९

संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । 

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।

छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप