बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

'एमालेले बालेन्द्र शाहलाई पूर्णरुपले सहयोग गर्छ'

बिहीबार, २६ जेठ २०७९, ११ : ३६
बिहीबार, २६ जेठ २०७९

प्रतिनिधि सभामा नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् । 

‘भर्खर निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु– हिजो विद्या सुन्दर शाक्यलाई असहयोग गर्ने उपप्रमुख जस्तै आज उपप्रमुखको रुपमा विजय हासिल गर्नुभएको सुनिता डंगोलले तपाईलाई असहयोग गर्नेछैन,’ राईले भने, ‘तपाईलाई हामी पूर्ण रुपले सहयोग गर्न चाहन्छौं । तर बालेन शाहले संयमता अपनाएर अगाडि बढ्न जरुरी छ ।’ 

फोहोर मेलाले काठमाडौंबासीलाई अत्यन्तै अफ्ठेरो पारेको उनले बताए । काठमाडौंको फोहोर नउठ्दा सिंगो देशलाई प्रभावित बनेको उनले जनाए ।  ‘मैले यस विषयमा प्रधानमन्त्रीको मात्र ध्यानाकर्षण गरेको छैन, गठबन्धनको ध्यानाकर्षण गरेको छु,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप