बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

थाइल्याण्डमा गाँजाको व्यापार खुला

बिहीबार, २६ जेठ २०७९, ०९ : १८
बिहीबार, २६ जेठ २०७९

सरकारले प्रतिबन्धित लागूऔषध सूचीबाट गाँजा हटाएपछि थाइल्याण्डका जनताले अब घरमा गाँजाको बिरुवा उब्जाउन र बेचबिखन गर्न सक्नेछन् ।  कडा लागूऔषध कानूनका लागि परिचित थाइल्याण्ड दक्षिण-पूर्वी एसियामा यस्तो कदम अघि बढाउने पहिलो राष्ट्र हो ।

स्थानीय गाँजाको व्यापारको विकासले कृषि र पर्यटनलाई बढावा दिने सरकारको आशा छ।  यद्यपि मनोरञ्जनात्मक प्रयोगलाई भने गाँजा अझै पनि प्रतिबन्धित छ । 

यसको खेतीलाई प्रोत्साहित गर्न नागरिकहरूलाई १० लाख गाँजाको बिरुवा पनि दिइरहेको छ। ‘यो जनता र राज्यका लागि गाँजाबाट आम्दानी गर्ने अवसर हो,’ उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्री अनुटिन चर्नविराकुलले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप