अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित
बिहीबार, २६ जेठ २०७९, ०७ : ३१
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ ।
यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विद्येयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए । अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । तर, माथिल्लो सदनबाट पारित हुने सम्भावना कम रहेको बताइन्छ ।
तर, सदनमा विधेयक पारित भएपछि डेमोक्रयाटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ । यसै वर्षको नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली
-
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे
-
चापाकल सुकेसँगै वीरगञ्जमा खानेपानीको अभाव
-
उपेन्द्र यादवको पार्टीमा अपमान र जालझेल सहन नसकेर अलग भएकी हुँ : रेणु यादव
-
नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ लुम्बिनी प्रदेशकाे अध्यक्षमा पोखरेल
-
गिल र सुदर्शनको ब्याटिङले कुन-कुन रेकर्ड तोडियो ?