सुन्दरीजलबाट गोकर्णसम्मको वाग्मती किनारमा सफाइ
विश्वव्यापी सफाइ अभियानअन्तर्गत काठमाडौँको सुन्दरीजलदेखि गोकर्णसम्मको वाग्मती नदी किनारको दायाँबायाँ सफाइ गरिएको छ । विलभयु फाउन्डेसनले आयोजनामा भएको सफाइ अभियानमा वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जनप्रतिनिधिले शासक नभई सेवक हौं भन्ने भावनाका साथ काम गर्नुपर्ने बताए ।
वातावरण संरक्षणका लागि हरित अभियान सञ्चालन गर्न, सफाइ अभियानलाई निरन्तरता दिन र प्रत्येक व्यक्तिले वर्षको कम्तीमा दुईवटा रुख रोप्नुपर्नेमा उनले जोड दिए । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले घरबाट निस्कने फोहोरको व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा नगरपालिकाले प्रत्येक परिवारलाई कुहिने र नकुहिने फोहोर सङ्कलनका लागि भाँडा उपलब्ध गराउने तयारी गरिएको जानकारी दिए ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले स्थानीय तहको फोहर स्थानीय सरकारले नै व्यवस्थापन गर्नुपर्ने भन्दै फोहोरलाई मोहोर बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए । फाउण्डेसनका अध्यक्ष शोभाकर घिमिरेले वातावरण संरक्षणका लागि सरसफाइ र वृक्षारोपणका साथै मानवीय र विपद् व्यवस्थापनमा संस्थाले सहयोग गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते