भारतमा उडानका समय मास्क लगाउन अनिवार्य
भारतमा हवाई यातायातको नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिनेगरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ । कोभिड–१९ सङ्क्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन गरेको हो ।
नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको निर्देशनमा विमानस्थल परिसरमा पनि मास्क अनिवार्य गरिएको छ । नयाँ निर्देशनले भारतमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मास्कको महत्वलाई मान्यता दिएको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार विगत २४ घण्टामा ५२३ नयाँ व्यक्तिमा सङ्क्रमण देखिएको छ । हाल दक्षिण एसियाली यस मुलुकमा २८ हजार ८५७ जना कोभिडका सक्रिय सङ्क्रमित रहेका छन् । यो संख्या एक दिनअघिको तुलनामा १ हजार ८८१ ले वृद्धि भएको हो । भारतका विमानस्थलमा सुरक्षा व्यवस्थापन गर्ने केन्द्रीय औद्योगिक सुरक्षा बलका कर्मचारीहरूले विमानस्थलमा मास्क लगाउनुपर्ने नियमलाई निगरानी गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?