बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

१६ दिने शिशु हत्या प्रकरण : किशोरीलाई गर्भधारण गराउने युवक मुस्ताङमा

बुधबार, २५ जेठ २०७९, २१ : ५६
बुधबार, २५ जेठ २०७९

दाङमा १६ दिने  नवजात शिशुको हत्या गर्ने १५ वर्षीया किशोरीलाई गर्भधारण गराउने पुरुष मुस्ताङमा रहेको खुलेको छ । बुधबार राप्ती गाउँपालिका–३ निवासी १५ बर्षीया  दलित समुदायकी अविवाहित  एक किशोरीले आफ्नो १६ दिने शिशु (छोरी) लाई सेफ्टी ट्याङ्कीमा फालेर हत्या गरेको घटना बाहिरिएको थियो । त्यसलगत्तै प्रहरी नियन्त्रणमा रहेकी किशोरीले आफुलाई गर्भधारण गराउने पुरुषका बारेमा  पोल खोलेकी छन् ।

उनले आफुलाई सोही वडाका स्थानीय युवक २२ वर्षीय विकास घर्तीमगरले गर्भधारण गराएको बताएकी हुन् । घर्तीमगर अहिले रोजगारीका सिलसिलामा मुस्ताङमा रहेको र उनलाई झिकाउने तयारी भैरहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले रातोपाटीलाई जानकारी दिए । 

घरको आर्थिक अवस्था दयनीय रहेको र सुत्केरी अवस्थामा आवश्यक पौष्टिक आहरा नपाएका कारण किशोरीको स्वास्थ्य अवस्था कमजोर भएको छ । किशोरीलाई   अहिले प्रहरीको निगरानीमा राप्ती विज्ञान प्रतिष्ठानमा उपचारार्थ राखिएको  छ । किशोरीले जेठ ९  गते छोरीलाई जन्म दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप