मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन
बुधबार, २५ जेठ २०७९, २० : ४७
मल बिउमा भएको कालोबजारी नियन्त्रण र किसानलाई मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारीको) आयोजनामा कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि, घोडाघोडी र टीकापुरमा विरोध प्रदर्शन भएको हो ।
रोपाई गर्ने सिजन शुरू भइसक्दा समेत सरकारले मल उपलब्ध गराउन नसकेको विरोधमा प्रदर्शन गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलाली सम्पन्न विरोध प्रदर्शन र कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी विशेष समिति सदस्य विनोद बिष्टले सम्बोधन गरेका थिए । घोडाघोडीमा सम्पन्न विरोध कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी कैलाली सचिव गणेश ढकालले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिमा बारम्बार कोरम नपुग्ने समस्या, बैठक गलफतीमै सीमित
-
एसियाली विकास बैंकविरुद्ध काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज