बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरले हरेक महिना स्वास्थ्य शिविर संचालन गर्ने

बुधबार, २५ जेठ २०७९, २० : २७
बुधबार, २५ जेठ २०७९

धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा आगामी आर्थिक वर्षदेखि हरेक महिना स्वास्थ्य शिविर हुने भएको छ । भाटभटेनी सुपर मार्केटको जनशक्ति र धनगढी उपमहानगरपालिकाको सामाग्री प्रयोग गर्दै हरेक महिना १९ वटै वडामा स्वास्थ्य शिविर हुने भएको हो ।

बुधबार भाटभटेनी सुपर मार्केटसँग शिविरका लागि धनगढी उपमहानगरपालिकाले सम्झौता गरेको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र भाटभटेनी सुपर मार्केटका प्रबन्धक निर्देशक मिनबहादुर गुरुङबीच आगामी पाँच वर्षका लागि सम्झौता भएको थियो । धनगढी उपमहानगरपालिकाले आफ्ना १९ वटै वडामा महिनाको एक पटक (एक दिन) स्त्रीरोग विषेशज्ञ र फिजिसियन डाक्टरसहित नगरवासीको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम ल्याएको घोषणा गरेको थियो ।  

यस कार्यक्रम अन्तर्गत हरेक वडामा ईसिज, अल्ट्रासाउन्ड, प्रयोगशाला र अरु उपचारहरू निःशुल्क हुनेछन् । धनगढी उपमहानगरपालिकाले स्वास्थ्य शिविरको व्यवस्थापन गरिदिने छ भने भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्म दुई जना विषेशज्ञ चिकित्सकको मासिक तलब र भत्ता उपलब्ध गराउने सम्झौता भएको छ । स्वास्थ्य शिविरका लागि नगर प्रमुखले चढ्ने गाडीलाई पोर्टेबल प्रयोगशाला बनाइने भएको छ ।

स्वतन्त्ररुपमा चुनाव जितेका हमालले उपमहानगरबाट कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । त्यसैले पनि उपमहानगरपालिकाले उनका लागि तयार पारेको गाडीलाई उनले घुम्ती प्रयोगशाला बनाएर वडा वडामा स्वास्थ्य सेवा दिने बताए । भाटभटेनी सुपर मार्केटले यसै जेठ २७ गते धनगढीमा आफ्नो नयाँ शाखा उद्घाटन गर्ने तयारी गरेको छ । गुरुङले सुदूरपश्चिममा स्वास्थ्य सेवाको अवस्था कमजोर भएकाले आफूले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको बताए । गुरुङले दार्चुला र बैतडी जिल्लाका दुई जना जेहेन्दार विद्यार्थीलाई एमबिबिएस पनि पढाई सकेका छन् । उपमहानगरपालिकाले साउन १ गतेदेखि हरेक वडामा महिनामा एक दिन पालो पर्ने गरि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप