प्रमुख साहबाट कार्यपालिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार राष्ट्रियसभा गृहमा उनले शपथ गराएका हुन् ।
त्यसअवसरमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेयलसँगै राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । जेठ २४ गते राष्ट्रियसभा गृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् ।
यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा