शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षाको अध्ययन सिटिभिटिले गर्न नहुनेमा जोड

बुधबार, २५ जेठ २०७९, १९ : ४९
बुधबार, २५ जेठ २०७९

चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले वैकल्पिक शिक्षाको अध्ययन प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम (सिटिभिटि) ले गर्न नहुने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजना भएको वैकल्पिक चिकित्सा शिक्षाका अवसर र चुनौती विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय सिटिभिटिले समेत वैकल्पिक चिकित्सा शिक्षाको नाममा अध्ययन गराउने काम हुन थालेकाले त्यस्तो गर्न नहुने बताए । अध्यक्ष गिरीले चिकित्सा शिक्षा अध्यापन गराउनको लागि चिकित्सा शिक्षा अध्यापन गराउन आवश्यक सबै प्रक्रिया पूरा गरेर मात्रै संस्था दर्ता गर्न पाउने व्यवस्था रहेको बताए ।

उनले कुनै पनि सिटिभिटि वा अन्य संस्थाले चिकित्सा शिक्षा अध्यापन गराउने हो भने शुरुमा नै चिकित्सा शिक्षा पढाउनका लागि आवश्यक प्रक्रिया पूरा गरेर संस्था दर्ता गराउनु पर्ने बताए । अध्यक्ष गिरीले सिटिभिटि भनेको मानिसहरुले आफ्नो तरिकाले स्किल बढाउनको राम्रो भए पनि चिकित्सा शिक्षाको लागू त्यो लागू नहुने बताए । चिकित्सा शिक्षा आफै सिकेर आएर इन्जेक्सन दिन जानको छु भनेर नहुने अध्यक्ष गिरीले दाबी गरे ।

त्यस्तै स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले सबै चिकित्सा शिक्षा प्रणालीलाई बराबरी महत्व दिएर  विकास गर्ने योजना रहेको बताए । उनले पछिल्लो समय सिटिभिटिमा चिकित्सा शिक्षा अध्यापन शुरु भएकाले चिकित्सा शिक्षा नयाँ मोडल जान सकिने कुरा आएको बताए । सचिव पोखरेलले स्टाप नर्स र विएसी नर्सिङ पढ्न समेत दुई वटा छुटै अस्पताल आवश्यक रहेको अहिलेको व्यवस्था रहेको बताए । उनले यस्तो पुराना नीतिगत व्यवस्थालाई समय अनुकुल परिर्वतन गर्दै लैजानु पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप