सशस्त्रका एआइजीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, २५ जेठ २०७९, १९ : २१
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले गौतम सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मूल्याङ्कन गर्दै नेपाल सरकारले पदोन्नति प्रदान गरेको स्मरण गर्दै आगामी कार्यकाल सफलताको शुभकामना दिए । उनले फौजी जीवनमा सबैले बर्दीको शान र दर्जाको मान राख्दै भ्रातृत्व, सद्भाव र आत्मविश्वाससँगै राष्ट्र र नागरिकको सेवामा जुट्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव