बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
बुधबार, २५ जेठ २०७९, १९ : ०६

६६ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार दोलखाको कालिञ्चोक घर घई हाल काठमाडौंको थानकोट बस्दै आएका ३४ वर्षीय अमर बहादुर तामाङलाई पक्राउ परेका हुन् ।
सविनमाया तामाङको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दोलखाको कालिञ्चोक गाउँपालिका घर भई हाल काठमाडौंको थानकोट बस्ने ३४ वर्षीय अमर बहादुर तामाङलाई बैंकिङ कसुर सम्बन्धी मुद्धामा ६२ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।
त्यसपछि फरार रहेका तामाङलाई मंगलबार काठमाडौंको माकलबारीबाट पक्राउ गरी थप अनुसन्धानको लागि बुधबार जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुपीडितले पाएनन् राहत रकम
-
गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते
-
पहलगाम आतङ्कवादी हमलाको जसपा नेपालद्वारा निन्दा, क्षेत्रीय शान्तिका लागि संवादको आग्रह
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता