शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते

बुधबार, २५ जेठ २०७९, १८ : ५१
बुधबार, २५ जेठ २०७९

चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

रत्ननगर नगरपालिका-२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना५ख ६४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बसमा ३० जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप