आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री खानको चेतावनी

बुधबार, २५ जेठ २०७९, १८ : ०४
बुधबार, २५ जेठ २०७९

पूर्वप्रधानमन्त्री एवम् इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चेतावनी दिएका छन् ।
बानी गालामा वकिलहरूको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खानले आफ्नो पार्टीका सदस्यहरूलाई जेलमा हालियोस् वा अन्य रणनीति अपनाइयोस् पिटिआईको सरकारविरुद्धको आन्दोलन नरोकिने बताए । 

“उनीहरूले हामीलाई जसरी यातना दिए त्यो मार्शल ल को युगमा पनि देखिएको थिएन,” अप्रिलमा प्रधानमन्त्रीको कार्यालयबाट हटाइएका खानले  आन्दोलनलाई रोक्न र आफूलाई जेलमा हाल्न सरकारले खोजिरहेको  बताउँदै उनले भने । आफूलाई जेलमा हाले पनि वा अन्य उपाय अपनाए पनि आन्दोलन नरोकिने दृढता पूर्वप्रधानमन्त्री खानले व्यक्त गरे ।

उनले आफूलाई जेलमा हाल्ने योजना बनाइएको बताए पनि चुनावको मिति घोषणा नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्दै आफूहरूमाथि सरकारले षड्यन्त्र गरेको आरोप लगाए । वर्तमान सरकारले देशको भविष्य अन्धकार पारेको पनि उनले बताए । यसैबीच, पाकिस्तान सरकारले तत्काल चुनाव गराउन अस्वीकार गर्दै आफ्नो कार्यकाल पूरा गर्ने बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप