भारतकी लिजेण्ड मिथाली राजद्वारा सन्यास घोषणा
बुधबार, २५ जेठ २०७९, १७ : २८

भारतीय महिला क्रिकेट टिमकी लिजेण्ड मिथाली राजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छन् । २३ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको मिथालीले बुधबार सामाजिक संजालबाट घोषणा गरेकी हुन् ।
३९ वर्षीय मिथालीले भारतका लागि १२ टेस्ट, २ सय ३२ एकदिवसीय अन्तराष्ट्रिय र ८९ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेकी छन् । उनले सन्यास घोषणा गर्दै समर्थकको साथ र सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेकी छन् ।
‘तपाईहरुको माया र समर्थनको लागि धन्यवाद ! म तपाईको आशीर्वाद र समर्थनको साथ मेरो दोस्रो इनिङको प्रतीक्षामा छु,’ उनले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...