बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : दाङ स्थायी राजधानी, बुटवल आर्थिक राजधानी (पूर्णपाठ)

बुधबार, २५ जेठ २०७९, १७ : १६
बुधबार, २५ जेठ २०७९

लुम्बिनी प्रदेश सरकारले प्रदेशको गौरवका आयोजनालाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्दै प्रदेशका गौरवका आयोजनालाई प्राथमिकता दिइने जनाएका हुन् ।

प्रदेशको राजधानी दाङलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा लिइएको छ । अस्पताल, सडक, जलविद्युतलाई पनि गौरवको आयोजनाको रूपमा नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रदेश सरकारले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रूपमा निरन्तरता दिँदै क्यान्सर तथा मुटु रोगीलाई दुई लाख दिने योजना बनाएको छ । बुटवलमा मेडिकल कलेज बनाउने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश प्रमुख शेरचनले प्रदेशसभाले निर्धारित गरेको राजधानीलाई समेटी नयाँ नगरपालिकाको रूपमा विकास गर्ने प्रक्रिया थालनी गरिने पनि उल्लेख गरे । राजधानी तोकिएको स्थान अहिले राप्ती गाउँपालिकामा पर्दछ ।

यस्तै हाल प्रदेशको अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक राजधानी र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप