शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुरा भएको छैन : लक्ष्मणलाल कर्ण

बुधबार, २५ जेठ २०७९, १६ : ५८
बुधबार, २५ जेठ २०७९

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले पनि आफुहरुलाई मन्त्री हुन आउ नभएको स्पष्ट पारे ।

उनले भने– ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको । प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आउ भन्दै नभनेको कुरो तपाईहरु विस्तृत रुपमा प्रचार गरिराख्नुभएको छ ।’

सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो–बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकीकरणका लागि आव्हान गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष यादवले विगतमा आफुहरुलाई पार्टीबाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनले अहिले संकटमा परेकाले सहयोग खोजेको बताए । अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उनले बताए । उनले भने– ‘बाटोमा उहाँ बोलिराख्नुभएको छ । हामीसँग कुनै कुरा गर्नुभएको छैन । हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकीकरण गरेर जोगाएको होइन ? त्यसमा म समेत महन्थ ठाकुरलाई उहाँले निकालिदिएको होइन ? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन ? अनि के को मेल ?’

सांसद कर्णले औपचारिक रुपमा एकीकरणको प्रस्ताव नआएको उल्लेख गर्दै के को लागि ? र किन एकिकरण गर्नुपर्ने हो ? भन्ने प्रश्न गरे । उनले प्रश्न गरे, ‘आज फेरि पार्टीमा संकट उत्पन्न भएको छ उहाँको । संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने । र संकट निवारण भएपछि लखेटिदिने । अनि अहिले आएर फेरि बाटो बाटोमा कुरा सुनिराखेको छु एकीकरणको । के को लागि एकिकरण ? किन एकीकरण ? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप