माओवादी मधेस कमिटी गठनबारे छलफल सुरु
नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटी गठन गर्ने विषयमा छलफल सुरु भएको छ । प्रदेश अधिवेशन भएको ६ महिनापछि नेतृत्व चयनका विषयमा छलफल हुन थालेको हो । गत मंसिरमा प्रदेश अधिवेशन भएपनि विवादका कारण नेतृत्व चयन हुन सकेको थिएन ।
प्रदेश कमिटीविहिन अवस्थामा माओवादी स्थानीय तह चुनावमा होमिएको थियो । जसका कारण माओवादीले यस चुनावमा १२ स्थानीय तह गुमाउन पुगेको छ । स्थानीय तहमा माओवादी पाँचौ भएपछि मधेस कमिटी गठनका विषयमा पुनः छलफल हुन थालेको इन्चार्ज गणेश शाहले बताए । ‘हामीले मधेस कमिटी गठन गर्न सकेका छैनौ । मधेसका ५५ भन्दा बढी पालिकामा अधिवेशन भएपनि नेतृत्व चयन गर्न सकेका छैनौ,’ रातोपाटीसँग कुरा गर्दै शाहले भने,‘स्थानीय चुनावपछि प्रदेश कमिटी गठन र पालिका नेतृत्व टुंगो लगाउन छलफल गर्न थालेको छु । त्यसका लागि पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीमा रहेका साथीहरुसँग छलफल जारी राखेको छु ।’
पार्टीका दुबैपक्षसँग भेटेर प्रदेश कमिटी गठनका विषयमा छलफल जारी राखेको शाहले बताए । मधेसमा गिरिराजमणि पोखरेल र मातृका यादव गुटबीच चर्को गुटबन्दी छ । त्यसैले मधेस प्रदेशमा जनमत राम्रो भएपनि गुटबन्दीले माओवादी कमजोर भएको छ । स्थानीय तहको चुनावको समेत समीक्षा गरी राखेको शाहले बताए । शाह नेकपा संयूक्तबाट एकतामा आएकाले दुबैपक्षलाई मिलाउन हम्मे हम्मे भएको छ । पोखरेल र यादव गुटबीच विवाद भएपछि शाहलाई इन्चार्ज स्वीकार गरेका थिए । हाल प्रदेशका इन्चार्ज शाह मात्रै छन् । प्रदेश अध्यक्ष प्रलह्द बुढाथोकी राजीनामा दिएर लालबन्दी मेयरमा उम्मेदवारी दिएका थिए । उनी पराजित भएपछि अध्यक्षसहित सिंगो ९ सदस्यीय पदाधिकारी रिक्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल