बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

माओवादीमा पनि मन्त्री फेर्ने आवाज उठ्न थाल्यो

बुधबार, २५ जेठ २०७९, १५ : ०७
बुधबार, २५ जेठ २०७९

नेकपा(माओवादी केन्द्र) भित्र मन्त्री फेर्ने विषयमा आवाज उठ्न थालेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ पुगेर ‘होल्ड’ भएकै बेला माओवादीभित्र पनि मन्त्री फेर्ने विषयमा आवाज उठ्न थालेको हो । 
सो पार्टीका नेता नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाजहरू उठिरहेको खुलासा गरेका हुन् । 

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताए ।  नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको उनको भनाइ छ ।  ‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन’, उनले भने, ‘तर, समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । काँग्रेसमा पनि दबाब छ । जसपामा दबाब छ । यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ ।’

 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप