योयोसो डिपार्टमेन्टल स्टोरबाट सामान चोरेको आरोपमा एक पुरुष पक्राउ
बुधबार, २५ जेठ २०७९, १४ : ४८
काठमाडौंमा सञ्चालित योयोसो सुपरमार्केटबाट सामान चोरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ गौशाला घर भएका ५१ वर्षीय मुना सिंह छन् ।
सुपर मार्केटमा सामान किन्ने बहानामा छिरेर चोरी गरेर हिँडने सिंहलाई सिसिटिभी फुटेजका आधारमा पहिचान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । उनले योयोसोका विभिन्न शाखामा चोरी गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीले मोवाइल, हाते पंखा, अण्डरवेयर र टाबेल लगायत सामान चोरेको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई चोरी मुद्दामा थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या