सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग

बुधबार, २५ जेठ २०७९, १४ : ४३
बुधबार, २५ जेठ २०७९

सिद्धार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काली मन्दिरको पुर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई  एकाउन्न हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 
सो सहयोग रकम बैंकका तर्फबाट प्रदेश १  प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिका सभापति डा. मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शन बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । 

उक्त रकम काली मन्दिर व्यवस्थापन समितिले मन्दिरको साजसज्जा तथा सुन्दरता झल्काउने पुर्वाधार निर्माण गर्नका लागि प्रयोग गर्नेछ । धार्मिक महत्व र इतिहास बोकेको उक्त मन्दिरको पुर्वाधार विकासले आन्तरिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप