बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने

बुधबार, २५ जेठ २०७९, १४ : ०८
बुधबार, २५ जेठ २०७९

आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् । 

रातोपाटीसँग कुरा गर्दै उनले भनिन्– ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’ काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमालेका ईश्वर पोखरेल २३ हजार २९ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत पाएका थिए । विवेकशील नेपाली दलका उज्ज्वल थापाले ६ हजार ८ सय ५३ मत पाएका थिए । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर प्रमुखका लागि भएको प्रतिस्पर्धामा उनले तेश्रो स्थान पाएकी थिइन् । उनले २३ हजार ४ सय ३९ मत पाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप