सलमानले भने, ‘मलाई कसैको धम्की आएको छैन, अहिले कसैसँग दुश्मनी छैन’
बलिउड सुपरस्टार सलमान खानलाई आएको धम्कीपूर्ण पत्रको सम्बन्धमा मुम्बई प्रहरीले एक अज्ञात व्यक्तिको नाममा मुद्दा दर्ता गरेको छ । अब प्रहरीले यस मामिलामा सलमानको बयान लिइसकेको छ । रिपोर्टका अनुसार सलमानले पुलिसलाई दिएको बयानमा धम्की आएको कुरा अस्वीकार गरेका छन् । उनले भने, ‘मेरो कसैसँग दुश्मनी छैन र मलाई कसैले धम्की दिएको छैन ।’
बान्द्रा प्रहरीलाई बयान दिएपछि सलमान आफ्नो आगामी फिल्मको सुटिङका लागि हैदरावाद प्रस्थान गरेका छन् । यहाँ उनको २५ दिनको तालिका छ । बडीगार्ड शेरा र उनको टोली सलमान हैदरावाद पुग्नुअघि नै पुगिसकेका छन् ।
मलाई कसैको फोन आएको छैनः
रिपोर्टका अनुसार बान्द्रा प्रहरीले सलमानलाई ग्याङ्स्टर गोल्डी ब्रार र लरेन्सको बारेमा सोधेको थियो । जसमा सलमानले भने, ‘मलाई धम्की दिने पत्रको विषयमा कसैमाथि शंका छैन । आजकल मेरो कसैसँग दुश्मनी छैन । मैले सन् २०१८ मा लरेन्सको बारेमा सुनेको थिएँ किनभने त्यसतिबेला उनले मलाई धम्की दिएका थिए । तर म गोल्डी र लरेन्सलाई चिन्दिनँ ।’
धम्कीको बारेमा कुरा गर्दै उनले प्रहरीलाई भने, ‘हालको दिनमा मेरो कसैसँग झगडा वा बहस भएको छैन । मलाई कुनै धम्कीयुक्त फोन पनि आएको छैन । चिठ्ठी पनि मैले होइन, मेरो बुवाले पाउनुभएको हो । त्यो पनि बिहान घुम्न निस्कँदा ।’
प्रहरीले अनुसन्धानलाई तीब्र दियो
मुम्बई प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको छ । ८ वटा टोली यस विषयमा निरन्तर अनुसन्धानमा जुटेका छन् । बान्द्रा क्षेत्रमा जडान गरिएका २०० सीसीटीभीको छानबिनपछि केही संदिग्धहरू फेला परेका छन्, तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । अनुसन्धान भइरहेको सीसीटीभी फुटेजमा ग्यालेक्सी अपार्टमेन्टमा जडान गरिएका क्यामेराहरू पनि समावेश छन् ।
चिट्ठीको अनुसन्धान जारी छ
मुम्बई प्रहरीले पनि सलमान खानलाई दिएको धम्की पत्रको अन्त्यमा जीबी र एलबी लेखिएको पुष्टि गरेको छ । यसको मतलब गोल्डी बरार र लरेन्स बिश्नोई हुन सक्छ, तर यो पत्र साँच्चै लरेन्स गिरोहसँग सम्बन्धित छ वा कसैले उट्पट्याङ गरेको हो, त्यो अझै स्पष्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन