बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

त्रिवि मानविकी सङ्कायमा चरम लापरवाही, राजनीतिशास्त्र एमएको प्रश्नपत्र पनि अघिल्लो वर्षकै हुबहु

बुधबार, २५ जेठ २०७९, १४ : ००
बुधबार, २५ जेठ २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयले एकपछि अर्को लापरवाही गर्दै आएको छ । स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी हुँदै गर्दा राजनीतिशास्त्र विषय पनि अलग हुन सकेन ।

जेठ २३ गते सञ्चालित स्नातकोत्तर तहतर्फ पहिलो सेमेष्टरको राजनीतिशास्त्र विषयतर्फ अन्तर्राष्ट्रिय राजनीति (इन्टरनेशनल पोलिटिक्स–५५३) विषयको अन्तिम परीक्षमा अघिल्लो वर्षको प्रश्नपत्र आएपछि विद्यार्थीहरु अलमलमा परेका छन् । सामान्यतया आक्कलझुक्कल एकाध प्रश्न दोहोरिन गए पनि पूरै सेट नै एउटै हुनुले विभिन्न आशंका उब्जाएको छ ।

अहिले सन् २०२१ को परीक्षा सञ्चालन भइरहेको र सन् २०२० को परीक्षामा आएका प्रश्नहरु सबै मेल खाएको घटना सामान्य होइन । यसले प्रश्नपत्रको गोपनीयतामाथि नै प्रश्न उठेको छ । सम्बन्धित विषय समितिको अध्यक्षसमेत रहेका राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख रामकृष्ण तिवारी समेत प्रश्नपत्र दोहोरिएकोमा जिम्मेवार रहेको डीन कार्यालयका कर्मचारी बताउँछन् ।

मानविकी संकाय डीन प्रा.डा. कुसुम शाक्य, परीक्षा बोर्ड हेर्ने सहायक डीन प्रा.डा. तारा भुषाल, प्रशासन तथा परीक्षा गोप्य शाखामा संलग्न कर्मचारीहरुलाई तत्काल निलम्बन गरी छानबिन र अनुसन्धान अघि बढाउनुपर्ने सरोकारवाला बताउँछन् ।

अन्तर्राष्ट्रिय राजनीति–५५३ को पहिलो खण्डको लामो उत्तरको १० नम्बरको तीनवटै प्रश्नपत्र हुबहु मिलेको छ । दोस्रो खण्डको ५÷५ नम्बरको १० वटा प्रश्नहरु क्रमसंख्या तलमाथि गरेर सबै मिलेको देखिन्छ । २०२१ को परीक्षाको प्रश्नमा २०२० मा सोधिएको ११ नं.को प्रश्न ४ मा, १२ नं.को ६ मा, १२ नं.को ७ मा, ७ नं.को ८ मा, ८ नं.को ९ मा, ९ नं.को १० मा, १० नं.को ११ मा र ४ नं.को १२ नं.मा सोधिएको छ । ५ र १३ क्रमसंख्या भने उही छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप