मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

अर्थ मन्त्रालयको प्रस्ताव सञ्चार मन्त्रालयले कोल्याप्स हान्यो : गोकुल बाँस्कोटा

बुधबार, २५ जेठ २०७९, १३ : ५१
बुधबार, २५ जेठ २०७९

एमाले सांसद गोकुलप्रसाद बास्कोटाले अर्थमन्त्रीको प्रस्ताव सञ्चारमन्त्रीले नटेरेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथि प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थमन्त्रीले कुनै मन्त्रालयमा गाडी खरिद नगर्ने भनेपनि सञ्चार मन्त्रालयले योजनाको पहिलो बुँदामा नै स्कुटर र मोटरसाइकल खरिद गर्ने लेखेको बताए । 

उनले भने– ‘सञ्चार मन्त्रालयले आफ्नो विनियोजन शीर्षकको पहिलो बुँदामा ४ वटा मोटरसाइकल, ७ वटा स्कुटर किन्ने भनेर उल्लेख गरेको छ । यस्तो देखियो कि सञ्चार मन्त्री झुट हो कि अर्थमन्त्री झुट हो । यति बताइसकेपछि खर्च कतौटीको प्रस्ताव किन गरेको भनेर भनिरहनु नपर्ला । मेरो विचारमा अर्थ मन्त्रालयको प्रस्तावलाई सञ्चार मन्त्रालयले कोल्याप्स हान्दियो ।’

सञ्चार मन्त्रालयको पेज पिच्छे नै मोटरसाइकल खरिदसम्बन्धी बेथिति पढ्न पाइने उनले बताए । बास्कोटाले अर्थमन्त्रीले यो वर्ष मन्त्रालयले सवारी साधन खरिद नगर्ने भन्दा बजेको ताली प्रश्नमा रुपान्तरित भएको बताए । 

उनले योजनामा प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने विषय केही नभएको र नहुनुपर्ने कुराहरु सबै भएको टिप्पणी गरे । उनले अघिल्लो सरकारले अघि बढाएको डिजिटाइजेशनको योजना नभएको बताउँदै त्यसका लागि एडीबीले २० औं अर्व दिने प्रस्ताव गरेपनि त्यो योजना कहाँ गयो भनेर प्रश्न गरे । उनले सूचना प्रविधि डिजिटाइजेशनबाट चिन कोरिया लगायतका देशहरुको जिडिपी बढेपनि त्यसको स्थापनाको मार्ग समेत तयार नगरेको भन्दै उनले आलोचना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप