सरकार मल होइन, ‘माल’ खोज्दै छ : भट्टराई
बुधबार, २५ जेठ २०७९, १३ : ४६
![सरकार मल होइन, ‘माल’ खोज्दै छ : भट्टराई](https://rpcdn.ratopati.com/media/albums/yogesh-bhattarai1_rzomIk6p4o.jpg)
नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकार मल नभइ ‘माल’ खोजिरहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार मलको सट्टा ‘माल’ खोजिरहेको बताएका हुन् । यसैगरी, भट्टराईले बाली लगाउने समयमा पनि मलको हाहाकार भइरहेको सरकारलाई सम्झाए ।
‘यो समयमा मल खोज्न भारत जानु भएका कृषिमन्त्री कहाँ पुग्नुभयो, मल आउँछ कि आउँदैन,’ उनले सरकारलाई प्रश्न गरे, ‘मल नपाएपछि थकित भएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका पनि छ ।’
‘यो सरकारले मल ल्याउन सकेको छैन । मलमा ‘माल’ खोजिरहेको छ,’ भट्टराई भन्छन्, ‘जबसम्म माल आउँदैन । तबसम्म मल आउनेवाला छैन ।’ किसानले मल खोजेको बताउँदै मालको पछि लाग्ने मन्त्री नखोजेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल
-
मनाङको बाटो सधैँ जोखिमपूर्ण
-
आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
-
बैठक लाइभ हुँदैन, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छ : मनिष झा
-
संसद्को प्रत्यक्ष प्रसारण सांकेतिक भाषामा गर्न पदमबहादुर परियारको माग
-
म्याग्दीमा सदरमुकाम बाहिरका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै