शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१५ वर्षीया कुमारी आमाद्वारा १६ दिने शिशुको हत्या

बुधबार, २५ जेठ २०७९, १३ : १९
बुधबार, २५ जेठ २०७९

दाङमा १५ वर्षीया कुमारी आमा (किशोरी) ले १६ दिने शिशुको हत्या गरेकी छन् । दाङको राप्ती गाउँपालिका ३ मुसरिया  गाउँकी १५  वर्षीया अञ्जना ( नाम  परिवर्तन) ले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको  हत्या  गरेकी हुन् । अञ्जनाले बुधबार बिहान सेफ्टी  ट्याङ्कीमा  फालेर  १६  दिने  शिशुको  हत्या  गरेको  दाङका  प्रहरी  प्रमुख एसपी  सुरेश  काफ्लेले  रातोपाटीलाई जानकारी  दिए ।

अवैध गर्भधारणबाट जन्मिएको बच्चा  (बालिका) धेरै रोएको र स्तनपान  गराउँदा  पनि  रुन  नछाडेपछि  आवेशमा आई सेफ्टी  ट्याङ्कीमा लगेर  फालेको  ती  किशोरीले  साविती  बयान  दिएको  एसपी  काफ्लेले  बताए  ।

प्रहरीले  सेफ्टी  ट्याङ्कीबाट  शिशुको  शव  बरामद गरेको छ । शिशुको शव अहिले पोष्टमार्टमका  लागि  ल्याएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेकी किशोरीमाथि अनुसन्धान सुरु गरिएको एसपी  काफ्लेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप