धितोपत्र बजार तलमाथि हुनु स्वभाविक प्रक्रिया नै हो : अर्थमन्त्री शर्मा
![धितोपत्र बजार तलमाथि हुनु स्वभाविक प्रक्रिया नै हो : अर्थमन्त्री शर्मा](https://rpcdn.ratopati.com/media/albums/dhitopatra-gajendra_sGm49XwTRB.jpg)
अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजार तलमाथि (फक्चुयसन) हुनु स्वभाविक प्रक्रिया नै रहेको बताएका छन् । तर कहिलेकाहीँ अस्वाभाविक रुपमा पनि बजार उत्तेजित हुने गरेको भन्दै अर्थमन्त्री शर्माले सोबाट भने लगानीकर्ता र नियामक दुवै सचेत हुनुपर्ने बताए ।
धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित अर्थमन्त्री शर्माले आफुले नेतृत्व सम्हालेदेखिनै धितोपत्र बजारको पक्षमा रहेको र बोल्दै आएको बताए । तर, मौद्रिक नीतिको केही बुँदाले गर्दा बजारमा अप्ठ्यारो परेको र सोको समेत सुधारको माग आफुले निरन्तर गर्दै आएको बताए ।
मार्जिन ल्यान्डिङको सीमा तर्फ इंगित गर्दै अर्थमन्त्री शर्माले भने, ‘बजारलाई कठिन हुने, लगानीकर्ताहरुलाई समस्या हुने खालका प्रावधानहरु परिमार्जन गर्नुपर्छ ।’ यसै अवसरमा अर्थमन्त्री शर्माले आजै अर्थमन्त्रालय, राष्ट्र बैक र धितोपत्र बोर्डको समेत सहभागितामा धितोपत्र बजारको समस्या पहिचानका लागि चार सदस्यीय सुझाव समिति समेत गठन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति उन्मुख टीआरसी : नेपाली सङ्क्रमणकालीन न्याय कोलम्बिया मोडलमा
-
कांग्रेस–एमालेको सरकार खतराको संकेत : प्रधान
-
१२ वटै समूहको निष्कर्ष : अध्यक्षमा माधव र महासचिवमा घनश्याम भुसालको निरन्तरता
-
मन्थली–खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो
-
पदच्युत हुने निश्चित भएसँगै प्रधानमन्त्री प्रचण्डले निजी निवासको सरसफाइ गराउँदै
-
सरकारबाट समर्थन फिर्ता लिने एमालेको निर्णय, मन्त्रीहरूले आजै राजीनामा बुझाउने