शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको चेतावनी, ‘उत्तर कोरियाले कुनै पनि बेला परमाणु परीक्षण गर्नसक्छ’

बुधबार, २५ जेठ २०७९, १२ : ४९
बुधबार, २५ जेठ २०७९

एक अमेरिकी अधिकारीले उत्तर कोरियाले जुनसुकै बेला परमाणु परीक्षण गर्न सक्ने चेतावनी दिएका छन् । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमको यस्तो चेतावनी उत्तर कोरियाले आइतबार आठ ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बेला आएको हो ।

यसैबीच अमेरिकी उप(विदेशमन्त्री वेन्डी शर्मनले उत्तर कोरियाले यस्तो कुनै पनि आणविक परीक्षण गरेमा त्यसको तत्काल र कडा जवाफ दिइने बताएकी छिन्।

उत्तर कोरियाले पछिल्लो पाँच वर्षमा कुनै पनि आणविक परीक्षण गरेको छैन । तर पछिल्ला दिनहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । अमेरिकी अधिकारी सुङ किमले जकार्तामा उत्तर कोरियाले यो वर्ष अहिलेसम्म अप्रत्याशित संख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताएका छन् । उत्तर कोरियाले यो वर्ष अहिलेसम्म ३१ वटा क्षेप्यास्त्र परीक्षण गरेको छ, जुन अघिल्लो वर्ष २०१९ मा २५ थियो ।

यसैबीच अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनले उत्तर कोरियालाई दक्षिण कोरिया, अमेरिका वा जापानले मात्र नभई सम्पूर्ण विश्वले कडा जवाफ दिने बताइन् । अमेरिकी भनाइप्रति उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप