शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएकै छैन : पद्मा अर्याल

बुधबार, २५ जेठ २०७९, १२ : ४८
बुधबार, २५ जेठ २०७९

पूर्व कृषि तथा पशुपंछी मन्त्री पद्मा अर्यालले वर्तमान सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नै नसकेको बताएकी छिन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्री तथा नेकपा एमालेकी नेतृ अर्यालले सरकारले कृषिलाई प्राथमिकतामा राख्न नसकेको बताएकी हुन् ।

‘कृषि क्षेत्र र यस क्षेत्रको अनुसन्धानलाई धरासायी बनाउने लक्ष्यसहित बजेट आएको छ,’ अर्यालले भनिन्, ‘कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेकै छैन । तर, कृषि क्षेत्रको विकास गर्ने भनिएको छ ।’ कृषि क्षेत्रमा उन्नती गर्न मल चाहिने भएकाले खेतीपातीको सिजनमा किसानलाई मल खै भने उनले प्रश्न नै गरिन् ।

‘वितेका ११ महिना सरकारले के हेरेर बस्यो ? अनि मल बिनै उत्पादन बढाउन सकिन्छ ?,’ उनले प्रश्न गरिन्, ‘यसमा कुनै गम्भिरता देखिँदैन । मलको आपूर्तिलाई सहज बनाउने नीति तथा कार्यक्रममा समेटिएका छन् । तर, त्यसका लागि कुनै योजना छैनन् ।’

नेपालको कूल वार्षिक माग १३ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर, वार्षिक २ लाख मेट्रिक टनभन्दा बढी मल आउन सकेको छैन । कृषि क्षेत्रमा ध्यान जानुपर्ने विषयमा सरकारको ध्यान नगएको अर्यालको भनाइ छ । अघिल्लो सरकारले माटोको डिजिटल नक्सा सार्वजनिक गरेको थियो ।

यसैगरी, सरकारले ल्याएको कृषि पेन्सन योजनाको समेत अर्यालले विरोध गरेकी छिन् । उनले पहिला किसानको सूचीकरण र वर्गीकरणको काम सक्न सरकार समक्ष आग्रह गरिन् । सूचीकरण, वर्गीकरण र पहिचान नगरी किसानलाई पेन्सन दिन नसकिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप