बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

४–१२ को मार्जिन ल्यान्डिङका कारण धितोपत्र बजार संकटमा

बुधबार, २५ जेठ २०७९, १२ : ०५
बुधबार, २५ जेठ २०७९

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले हाल कायम ४–१२ को मार्जिन ल्यान्डिङकै कारण धितोपत्र बजार संकटमा परेको तर्क गरेका छन् ।  धितोपत्र बोर्डको ३०  औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले नियामक निकाय धितोपत्र बजार (सेयर बजार) प्रति कठोर हुँदा अहिलेको अवस्था आएको बताए । 

चालू आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गरेको राष्ट्र बैंकले धितोपत्र बजारलाई नियन्त्रण गर्ने गरि धितोपत्र कर्जाको अधिकतम सीमा ४–१२ तोकेको थियो । एक व्यक्ति वा संस्थाले एक बैंक वा वित्तीय कम्पनीबाट ४ करोड रुपैयाँ र अन्य सबै बैंक वा वित्तीय संस्थाबाट अधिकतम १२ करोड रुपैयाँसम्म धितोपत्र कर्जा झिक्न पाउने व्यवस्था गरेको थियो । योसँगै निरन्तर ओरालो लाग्न थालेको बजार चालू आर्थिक वर्षको जेठ अन्तिमसम्म आइपुग्दा झन्डै १२ सय अंकले घट्दै २ हजारमा झरेको छ । पछिल्लो दिन मंगलबार मात्र नेप्से सूचक २ हजार २० मा झरेको छ । 

यद्यपि, आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटले धितोपत्र बजार सम्बन्धि लिएको नीति र सुधारका प्रयासले राम्रो हुने अपेक्षा रहेको अध्यक्ष हमालले बताए । सो ४१२ को सीमा समेत अब बन्ने मौद्रिक नीतिले परिमार्जन गर्नेमा बोर्ड ढुक्क रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप