शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारीमा

बुधबार, २५ जेठ २०७९, ११ : ५३
बुधबार, २५ जेठ २०७९

जनता समाजवादी पार्टीकी नेता एवम् पूर्व विद्यार्थी नेता मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारी गरेकी छिन् । आगामी प्रतिनिधि सभा चुनावमा मानुषीले काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने तयारी भई रहेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरकी स्ववियू सचिव समेत भएकी मानुषीले पार्टीबाट संघको चुनाव लड्न लागेकी हुन् । ‘मानुषी बस्ने क्षेत्र नम्बर ५ हो । त्यहाँका मतदाताले उहाँको माग गरेका छन् । क्षेत्र नम्बर ७ हिसिला यामीले चुनाव लडेको क्षेत्र हो ।’ अध्यक्ष श्रेष्ठले भने,‘कुन क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको छैन । तर चुनाव पक्का लड्नु हुन्छ ।’ 

पार्टीमा आगामी संघको चुनावमा मानुषीलाई चुनाव लडाउने गृहकार्य गरिरहेको बताएको छ । २०७४ सालको चुनावमा क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेल र ७ बाट रामवीर मानन्धरले चुनाव जितेका थिए । मानुषी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यामीको छोरी हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप