शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

‘मेरो भ्वाइस कप यूएसए’का प्रतियोगी नेपालमा

बुधबार, २५ जेठ २०७९, ११ : ३६
बुधबार, २५ जेठ २०७९

‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए सिजन–२’ का उत्कृष्ट १२ भित्र पर्न सफल प्रतियोगीहरु नेपाल आएका छन् । इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका (इन्ट्रा फाउन्डेशन)ले अमेरिकाको आयोजना रहेको प्रतियोगिताका प्रतियोगी मंगलबार नेपाल आएका हुन् ।

इन्ट्रा फाउन्डेशन, नेपाल च्याप्टरको तर्फबाट उनीहरुलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो । प्रतियोगी बाँकी १० भागको छायांकन नेपालमै हुने भएको कारण प्रतियोगी नेपाल आएका हुन् । कार्यक्रमको फाइनल भने अमेरिकामा नै हुने आयोजकले जनाएको छ ।

ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रशारण भैरहेको यो शोको अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरुको सहभागिता छ । दुई प्रतियोगिता मध्य ‘मेरो भ्वाइस कप–२’ को उत्कृष्ट १२ मा शितल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम अङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लिला गजमेर, संगीता बोगटी छन् ।

यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सब्य बिष्ट, सुमिका तामाङ, आयुषा समाल लगायत छन् ।
दुबै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुबै रियालिटी शोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउन मद्दत पुग्ने बिश्वास लिइएको छ । 

‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दिपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् । यस्तै, ‘मेरो डान्स कप, यूएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर वीसी, संचिता लुइटेल र नरमान राई छन् । दुबै कार्यक्रमको संचालन अभिनेत्री रिमा विश्वकर्मा र राजेश घतानीले गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप