बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विराट कोहली इन्स्टाग्राममा २० करोड फलोअर्स पार गर्ने विश्वका पहिलो क्रिकेटर, हरेक पोस्टमा कमाउँछन् ५ करोड

बुधबार, २५ जेठ २०७९, १० : ४१
बुधबार, २५ जेठ २०७९

भारतीय पूर्व कप्तान विराट कोहलीको ब्याट मैदानमा मौन भएता पनि उनले सामाजिक सञ्जालमा चौका र छक्का जम्मा गरिरहेका छन् । पछिल्लो दुई वर्षमा उनको ब्याटले कुनै पनि फर्म्याटमा शतक बनाउन सकेन । तर, यो अवधिमा उनले सामाजिक प्लेटफर्म इन्स्टाग्राममा ठूलो इनिङ खेलेका छन् ।

यस प्लेटफर्ममा विराट कोहलीका २० करोडभन्दा बढी फलोअर्स छन् । उनी २० करोड फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर बनेका छन् । कोहली दक्षिण अफ्रिका विरुद्ध जुन ९ बाट सुरु हुने टी(२० सिरिजमा टिम इन्डियाको हिस्सा छैनन् तर फ्यानमा उनको क्रेज भने कायमै छ । यो उनको फलोअर्स संख्याबाट अनुमान गर्न सकिन्छ। विराट कोहलीले यस सामाजिक प्लेटफर्ममा कुनै एउटा पोस्ट गरेबापत्  पाँच करोड भारु कमाउँछन् ।

रोनाल्डो-मेस्सीपछि तेस्रो स्थानमा छन्

विराट कोहली तेस्रो नम्बरमा परेका छन् । यस प्लेटफर्ममा सबैभन्दा धेरै फलोअर्सको कुरा गर्दा, पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको नाम विश्वभरका खेलाडीहरूको शीर्षमा आउँछ । उनका ४५ करोड १० लाख ९४५।१ करोड० फलोअर्स छन् । रोनाल्डोपछि अर्जेन्टिनाका स्टार लियोनल मेस्सी छन् । मेस्सीलाई ३३४ मिलियन ९३३४ मिलियन० फ्यानले फलो गरेका छन् ।

रिचलिस्टमा १९ औं स्थानमा, भारतीयहरूमध्ये सबैभन्दा उच्च

उनी यस सामाजिक प्लेटफर्मको धनी सूचीमा १९ औँ स्थानमा छन् । उनी शीर्ष २० मा एक मात्र भारतीय हुन् । कोहलीले हरेक पोस्टबाट ५ करोड कमाउँछन् । गत वर्ष ज्यउउभचजत्र।अयm ले इन्स्टाग्राम रिचलिस्ट जारी गरेको थियो । यसमा कोहली भारतीयको शीर्ष स्थानमा थिए । उनी बाहेक प्रियंका चोपडा २७ औँ स्थानमा छिन् । प्रियंकाले प्रति पोस्ट ३ करोड कमाउँछिन् । उनी बाहेक सबैभन्दा धेरै कमाउने सेलिब्रेटी फुटबलर क्रिस्टियानो रोनाल्डो हुन् । उनले प्रत्येक भुक्तानी पोस्टबाट ११.९ करोड भारु कमाउँछन् । त्यसपछि दोस्रो र तेस्रो स्थानमा ड्वेन जोनसन र एरियाना ग्रान्डे छन् । एरियानाले हरेक पेड पोस्टबाट १० करोड कमाउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप