भरतपुर महानगर कार्यपालिकामा काँग्रेसको बहुमत
भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली काँग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना काँग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा काँग्रेसको बहुमत भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना काँग्रेसबाट निर्वाचित भएका छन् । काँग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोखरेल र नर्मदा सापकोटा निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)की बीना नेपाली पनि निर्वाचित भएकी छिन् ।
दलित तथा अल्पसङ्ख्यकबाट काँग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र नेकपा (एकीकृत समाजवादी)की कोपिला उपरकोटी निर्वाचित भएको सूचनामा उल्लेख छ । भरतपुर महानगरमा निर्वाचित कार्यपालिका सदस्यसहित महानगर परिषद् सदस्य सङ्ख्या १५० पुगेको छ । जसमध्ये कांग्रेसका ७६, नेकपा (एमाले)का ५२, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ६, राप्रपाका चार र स्वतन्त्रका एक जना छन् । कार्यपालिकामा कांग्रेसको २२, एमालेको ६, माओवादी केन्द्रको ६, एकीकृत समाजवादीको चार र स्वतन्त्रबाट एक जना विजयी भएका छन् । महानगरपालिकामा २९ वडा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शांघाईमा अन्धाधुन्ध चक्कु प्रहार : ३ जनाको मृत्यु, १५ घाइते
-
दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो
-
बाढीपहिरोको असर : निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा
-
अढाई महिनामा १८ सूचीकृत कम्पनीको लाभांश घोषणा
-
एनआरएनए यूकेले बाढी पीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने
-
गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु