
आज प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने

दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम ल्याउँदैछन् । प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् ।
प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।
लुम्बिनी प्रदेश बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा कार्यक्रममा जुटेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ