श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया १० विकेटले विजयी
बुधबार, २५ जेठ २०७९, ०६ : १२
श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया विजयी भएको छ । कोलम्बोमा मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय २९ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान आरोन फिन्चले अविजित ६१ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो ।
श्रीलंकाका लागि चारिथ असलंकाले ३८ रन जोडे । यस्तै पाथुम निशंकाले ३६ तथा दनुश्का गुनाथलिकाले २६ रन जोडे। अष्ट्रेलियाका जोश हाजलउडले ४ तथा मिचेल मार्शले ३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवरात्रि : द्वितीया तिथिमा देवी भवानीको मन्त्रसहित पूजाविधि
-
पूर्व राजा शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने
-
अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
आजको राशिफल : कुन राशिका लागि शुभ ?
-
आज शारदिय नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै