आईजीपी बढुवा विरुद्ध मुद्दा लडिरहेका एआईजी पोखरेलको सरुवा
प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध मुद्दा लडिरहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई मानवश्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गर्ने निर्णय गरेको छ । सर्वोच्चमा पोखरेलले दायर गरेको रिटमा जेठ ३० मा सुनुवाइ हुँदै छ ।
मन्त्रिपरिषद्ले एआईजी रवीन्द्रबहादुर धानुकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको छ । प्रहरी नायव महानिरीक्षक (डिआईजी)बाट एआईजीमा बढुवा भएका ५ जनालाई पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह लाई मानवश्रोत विकास विभाग, मुकुन्दराज आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दिवेश लोहनीलाई अपराध अनुसन्धान विभाग र अरुण कुमार बिसीलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ । उत्तमराज सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म