बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सांसद चौधरीको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीकाे आपत्ति

मङ्गलबार, २४ जेठ २०७९, २१ : १६
मङ्गलबार, २४ जेठ २०७९

नेकपा एमालेले सांसद गंगा चौधरीको महिला अधिकारकर्मी मोहना अन्सारीले आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद चौधरीले दिएको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीले आपत्ति जनाएकी हुन् ।

सांसद चौधरीले हदम्याद बढाएमा यौन हिंसा उजुरीको चाङ लाग्ने अभिव्यक्ति दिएकी थिइन् । पूर्व सभामुख कृष्ण बहादुर महराको र कलाकार पलको उदाहरण दिँदै चौधरीले हदम्यादको सीमा नराख्ने हो भने उजुरीको चाङ लाग्ने बताएकी थिइन् । उनको अभिव्यक्तिप्रति अन्सारीले आपत्ति जनाएकी हुन् । रातोपाटीसँग अन्सारीले भनिन्, ‘उजुरीको चाङ लाग्नु भनेको समाजमा अपराध रैछ भनेर मान्नु हो ? अनि अपराध छ भनेपछि चाङसँग डराएर हुन्छ ? सांसदहरुको अपमान गरेजस्तो होला तर यसप्रकारको अभिव्यक्तिले उहाँको चेतनाको स्तर देखाउँछ ।’

उनले महिला अधिकार आर्शिवाद दिएको जस्तो नभएको बताइन् । सांसदबाटै अपराधीको मनोबललाई बढावा दिने अभिव्यक्ति आउनु दुःखद रहेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप