अप्राकृतिक मैथुन मुद्दामा फरार युवक पक्राउ
मङ्गलबार, २४ जेठ २०७९, २१ : १६
अप्राकृतिक मैथुन मुद्दामा फरार रहेका २४ वर्षीय सुक्लो सोरेनलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ साल फागुन १ गते उच्च अदालत बिराटनगरले सोरेनलाई दोषी ठहर गर्दै सजाय सुनाएपछि उनी फरार रहेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढी भद्रपुरमा उपस्थित गराएको हो । कैद भुक्तानको लागि उनलाई कारागार कार्यालय चन्द्रगढी पठाउने अदालतको आदेश बमोजिम हाल सोरेनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जानकारी दिएको छ । उनले ६ बर्ष ८ महिना २० दिन कैद र पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या